१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा प्रहरीको विद्यालय भवन उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:२६:oo

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमारले भवन उद्घाटन गरेका हुन् । यो वर्ष नेपालमा ७५ वटा परियोजनाहरू सम्पन्न गर्ने लक्ष्यमध्येको यो एक रहेको भारतीय राजदूतावासले जनाएको छ । 

उदघाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरूको उपस्थिति थियो । दूतावासका अनुसार यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो । 

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत ४ करोड २२ लाख ६० हजार रुपैयाँको लागतमा नयाँ भवन निर्माण भएका हुन् । विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरू अध्ययनरत छन् । 

हालसम्म भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहर अघि बढाइसकेको जनाएको छ । २०६० सालपछि नेपालमा ४६७ वटा परियोजनाहरू सम्पन्न भइसकेको दूतावासको भनाइ छ । तीमध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना छन् । भारत सरकारले कैलाली जिल्लाका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहार दिइसकेको छ । 

‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ,’ भारतीय दूतावासले भनेको छ, ‘भारत–नेपाल विकास सहकार्यअन्तर्गत निर्माण भएको यस नवनिर्मित संरचनाले शिक्षाको क्षेत्रमा नेपाल सरकारका प्रयासहरूलाई अझ सशक्त बनाउन भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।’ 

ad
ad