१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १७:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सेना दिवसका अवसरमा दौड प्रतियोगिता सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:२२:oo

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा जुम्लामा सम्पन्न पाँच किलोमिटर दौड प्रतियोगितामा कर्णाली स्पोर्टस् क्लबका खेलाडी प्रथम भएका छन्। ४० वर्षमुनि र ४० वर्षमाथि उमेर समूहमा छुट्टाछुट्टै दौड प्रतियोगिता आयोजना गरिएको थियो। ४० वर्षमुनिको पाँच किलोमिटर दौडमा महिलातर्फ कर्णाली स्पोर्टस् क्लबकी कल्पना बुढा प्रथम भएकी छिन्। त्यस्तै राज्यलक्ष्मी रावल द्वितीय र इसारा बुढा तृतीय भइन्। रावल कर्णाली स्पोर्टस् क्लब र बुढा नेपाली सेनाका खेलाडी हुन्।

श्री नं. २४ बाहिनी अड्डा जुम्ला र नन्दाबक्स गण जुम्लाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेको हो। ४० वर्षमुनिकै पुरुष दौड प्रतियोगितामा कर्णाली स्पोर्टस् क्लबका प्रकाश कठायत प्रथम भएका छन्। उनले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीलाई उछिन्दै पाँच किलोमिटर दुरी २१ मिनेट २० सेकेन्डमा पार गरे। क्लबका दीपेन्द्र बोहोराले द्वितीय र शेरबहादुर अधिकारीले तृतीय स्थान ओगटेका आयोजकले जनाएको छ।

४० वर्षमाथिका पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगितामा भेषबहादुर बस्नेत प्रथम भए। द्वितीयमा नेपाली सेनाका सेनानी नारायण लामिछाने र तृतीय हर्क रावत भएका छन्। बिजेताहरूलाई प्रमाणपत्रसहित पुरस्कार उपलब्ध गराइएको छ। प्रथमलाई पाँच हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई दुई हजार रुपैयाँ प्रदान गरिएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए।

सेनाले रोप्यो पाँच सय स्याउका विरुवा
सेना दिवस तथा शिवरात्रिको अवसरमा जुम्लामा नेपाली सेनाले स्याउ र ओखरको विरुवा रोपेको छ। नेपाली सेना नं २४ बाहिनी अड्डा जुम्लाले आफ्नो परिसरमा दुई सय बिरुवा स्याउ र एक सय बिरुवा ओखर तथा नन्दाबक्स गणमा तीन सय बिरुवा स्याउ रोपिएको छ।

बाहिनीपति राजेन्द्र केसीका अनुसार सेनाले आफ्नै परिसरमा स्याउ र ओखर रोपेको छ। एकातिर स्याउको बिरुवा राम्रो हुने र अर्कोतिर उत्पादनमा जोड दिने हिसाबले स्याउ र ओखरका बिरुवा रोपेको उनले बताए।

ad
ad