१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी
२o८१ बैशाख २० बिहीबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रुस र युक्रेनबीच बेलारुसको सीमामा वार्ता सुरु

Read Time : < 1 मिनेट
२o८१ बैशाख २० बिहीबार १६:५७:oo

रुस र युक्रेनबीच बेलारुसको सीमामा वार्ता सुरु भएको छ । रसिया र युक्रेनबीचको द्वन्द्व समाधानका लागि दुई देशबीच वार्ता सुरु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलाकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युक्रेनले आफ्नो लक्ष्य तत्काल युद्धविराम गरेर रुसी सेना युक्रेनबाट फिर्ता हुनुपर्ने रहेकोे यसअघि नै बताइसकेको छ । 

यसैबीच रुसको रक्षा मन्त्रालयले युक्रेनका नागरिकलाई तत्काल राजधानी किभ छाड्न अपिल गरेको छ । सोमबार रुसी रक्षा मन्त्रालयका प्रवक्ताले एक भिडियो वक्तव्य जारी गर्दै रसियाले सुरक्षित भनेर ग्यारेन्टी गरेको बाटो भएर किभ छाड्न युक्रेनी नागरिकहरूलाई अपिल गरेका हुन् ।

‘किभका बासिन्दालाई हामीले सुरक्षित भनेर ग्यारेन्टी गरेको बाटो भएर सहर छाड्न अपिल गरेका छौँ । म रुसी सेनाले युक्रेनका सैन्य इलाकाहरूलाई मात्र लक्षित गरेर आक्रमण गरेको छ भन्ने दोहोर्‍याउन चाहन्छु,’ रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले भनेका छन् ।  

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको थियो । आक्रमणको पाँचौँ दिनसम्ममा ३५२ युक्रेनी सर्वसाधारणको ज्यान गएको युक्रेनको दाबी छ । त्यस्तै, संयुक्त राष्ट्रसंघले चार लाख २० हजार युक्रेनी नागरिक विस्थापित भएको बताएको छ । 

ad
ad