१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाै‌
२o८१ बैशाख ३० आइतबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीमा दलहरूबीच भएको सहमतिबारे छलफल होस् : देव गुरुङ (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:३३:oo

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सत्तागठबन्धनका दलहरूबीच भएको सहमतिबारे छलफल हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमसिसी संसदबाट अनुमोदन गर्न सत्तागठबन्धनका दलहरूबीच के–कस्ता विषयमा सहमति भएको हाे त्यसबारे सदनमा छलफल हुनुपर्ने बताएका हुन् । 

सत्तागठबन्धनले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको उल्लेख गुरुङले उक्त घोषणा एमसिसीलाई मान्य हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए । 
व्याख्यात्मक घोषणा अमेरिकालाई स्वीकार्य हुने भएकोे अवस्थामा त्यसले सकारात्मक अर्थ राख्ने बताउँदै उनले भने, ‘यो छलफलको प्रक्रियाको क्रममा चार दलबीचमा के सहमति भएको हो त्यो माननीय मन्त्रीज्यूले ल्याउनुहुनेछ र सामूहिक रूपमा दुईवटै प्रस्तावलाई छलफलको रूपमा अगाडि लगियोस् ।’ 

ad
ad