१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

औषधि व्यवसायी संघ गुल्मीको अध्यक्षमा पाण्डेय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:१९:oo

नेपाल औषधि व्यवसायी संघ गुल्मीको अध्यक्षमा पर्शुराम पाण्डेय सर्वसम्मत चयन भएका छन्। संघको छैठौँ अधिवेशनबाट नयाँ नेतृत्वमा पाण्डेय चयन भएका हुन्।

संघको उपाध्यक्षमा पार्वता थापा, महासचिवमा गणेश श्रेष्ठ, सचिवमा नारायणप्रसाद अर्याल, कोषाध्यक्षमा जुवानन्द बेलबासे र सह–कोषाध्यक्षमा अनन्तराज अधिकारीसहित नौ सदस्यीय कार्यसमिति चयन भएको मुख्य निर्वाचन अधिकृत युवराज घिमिरेले जानकारी दिए।

अधिवेशनको उद्घाटन नेपाल औषधि व्यवसायी संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले गरेका थिए। अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले पेसा र व्यवसायलाई जनताका बीचमा इमानदारिताका साथ लैजान आग्रह गरे।

ad
ad