१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १३ शुक्रबार
  • Wednesday, 18 June, 2025
२o७८ फाल्गुण १३ शुक्रबार १७:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १३ शुक्रबार १७:o९:oo

अगामी चैत २ गतेदेखि वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। वीरगन्ज युथ एकेडेमीको आयोजनामा पहिलोपटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा मधेसका पाँच र बागमतीको एक टिम सहभागी हुने जनाएको छ। क्लबका सचिव ऋतु शाक्यका अनुसार भारतका दुई टिमसमेत सहभागी हुनेछन्।

कोरोना संक्रमणका कारण लामो समय रोकिएको खेलकुदलाई चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको सचिव शाक्यले बताए। पुरुष मात्र नभई महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए।

सात दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु ३० हजार, प्रमाणपत्र र ट्रफी तथा उपविजेताले नगद रु १५ हजार, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले जनाएको छ।