तेस्रो संस्करणको एनपिएलमा डिआरएस प्रयोग हुने

मंगलबार, ३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एनपिएलको आधिकारिक फेसबुक पेजमार्फत यो घोषणा गरेको हो।

डिआरएसले अम्पायरको निर्णयमा चित्त नबुझेमा पुनरावलोकनको अवसर दिन्छ। खेलमा मानवीय त्रुटि कम गरी निष्पक्ष बनाउन यो प्रणालीको उपयोगी मानिन्छ।

एनपिएलको तेस्रो संस्करण २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म हुँदै छ।


 

सुझावित समाचार