१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा ९,६६० मतदाता थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२८:oo

लमजुङमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार लमजुङमा ११ महिनामा नौ हजार ६ सय ६० नयाँ मतदाता थपिएका हुन्। ०७७ चैतदेखि ०७८ माघ २४ सम्म चार हजार ३२ महिला र पाँच हजार ६ सय २८ पुरुष मतदाता थपिएका छन्। बाहिरी जिल्लाका एक सय एक मतदाता दर्ता भएका छन्।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली दर्ता कार्य भने स्थानीय तह निर्वाचन घोषणासँगै स्थगन गरिएको छ। ०७८ माघ २४ भित्र मतदाता नामावलीमा नाम दर्ता गरी ०७९ वैशाख २९ गते सम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले आगामी वैशाखमा हुने निर्वाचनमा मतदान गर्न पाउने छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ०७७ पुस ५ मा प्रकाशित अन्तिम मतदाता नामवलीअनुसार जिल्लामा एक लाख २२ हजार आठ सय ६ मतदाता थिए।

मतदाता परिचयपत्र हराएका नागरिकले फागुन २० भित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। जिल्ला निर्वाचन कार्यालयमा आएर निवेदन दिन सकिने कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएमा कार्यालय आएर निवेदन दिन सकिनेछ।

त्यसका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ। मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने कार्यालयले जनाएको छ।

ad
ad