१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २५ मंगलबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नक्कली भारतीय नोटसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:o९:oo

एक सय दरका ४८ थान नक्कली भारतीय नोटसहित मोरङबाट तीन भारतीय नागरिक पक्राउ परेका छन्। विराटनगर महानगरपालिका– १३ बाट नक्कली भारतीय रुपैयाँसहित उनीहरू पक्राउ परेकाे प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्यको पूर्णिया जिल्ला थानाचोक ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी जिल्ला सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम छन्।

उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीको गस्ती टोलीले शुक्रबार पक्राउ गरेको हो। घटनाबारे  इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

ad
ad