१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आर्मी दोस्रो स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:५८:oo

साविक उपविजेता त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा संकटामाथि ३–१ को जित निकाली आर्मी दोस्रो स्थानमा पुगेको हो ।आर्मीलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा सन्तोष कार्की, जर्जप्रिन्स कार्की तथा टेकबहादुर बुढाथोकीले एक–एक गोल गरेका थिए । संकटाका लागि एक मात्र गोल उत्तर राईले गरे । 

मिडफिल्डर सन्तोष तामाङले आर्मीको जितमा प्रेरणदायी प्रदर्शन गर्न सफल भए । उनले एकपटक गोलका लागि पाससमेत उपलब्ध गराए । लिगमा अहिलेसम्म आर्मी अपराजित छ । दोस्रो स्थानमा उक्लेको आर्मीले १२औँ चरणसम्म २२ अंक जोडेको छ । आर्मीले न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङ्दीलाई पछि पारेको हो । एनआरटी र मनाङले समान २० अंक बनाएका छन् । हारपछि संकटा १५ अंकका साथ साताैँ स्थानमा यथावत् छ । योपटक पनि लिगमा उपविजेताकै रूपमा रहन आर्मीले अन्तिम खेलमा मनाङ मस्र्याङ्दीलाई हराउनु पर्नेछ । 

लिगकै सर्वाधिक विजेता मनाङलाई दोस्रो स्थान रक्षा गर्न त्यति सहज छैन । आर्मीलाई हराउँदा पनि एनआरटीसँग हेड टु हेडमा पछि छ । अघिल्लो चरणमा मनाङ एनआरटीसँग स्तब्ध भएको थियो । एनआरटीको हार र आर्मीको जितपछि मात्र मनाङ दोस्रो स्थानमा रहने छ । यो समिकरणपछि चालू लिगको दोस्रो स्थानमा कुन टोली पुग्ने भन्ने रोमाञ्चक मोडमा पुगेको छ । आर्मी, मनाङ र एनआरटीले दोस्रो स्थानका लागि दाबेदारी दिइरहेका छन् । 

खेलको १५औँ मिनेटमै संकटाले अप्रत्यासित रूपमा १–० को अग्रता बनायो । संकटालाई उत्तमले अग्रता गोल गरेका हुन् । आर्मीले ६०औँ मिनेटमा सफलता प्राप्त गर्‍यो । सन्तोषले आर्मीलाई १–१ को बराबरीमा पुर्‍याए । ७४औँ मिनेटमा जर्ज प्रिन्सले आर्मीलाई २–१ को अग्रता दिलाए । ८६औँ मिनेटमा टेकबहादुरले आर्मीको जित ३–१ को सुनिश्चित गरे । 

ad
ad