मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १० मंगलबार १७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आन्दोलनका नाममा हिंसात्मक कार्य नगर्न गृह मन्त्रालयद्वारा ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार १७:२o:oo

गृह मन्त्रालयले प्रदर्शन गरी सामाजिक जीवनलाई अवरोध पुर्याएको भन्दै त्यस्ता गतिविधि गर्नेहरूमाथि निगरानी बढाएको जनाएको छ। मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा संलग्नमाथि छानबिन गरिरहेको जनाएको छ।

‘२०७८ फाल्गुन ८ गते आफ्नो निवासबाट संसद् भवन आउने क्रममा पूर्वप्रधानमन्त्रीज्यू चढेको सवारीसाधनमा अवरोध पुर्याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको छ। त्यस्ता हिंसात्मक कार्यहरूप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा समेत रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।

आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गरी नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुगेको भन्दै मन्त्रालयले त्यस्ता गतिविधि नगर्नसमेत ध्यानाकर्षण गराएको छ।