१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ फाल्गुण ९ सोमबार १६:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमसिसी हतारमा संसदमा टेबुल गर्नु गलत : मुख्यमन्त्री राई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ फाल्गुण ९ सोमबार १६:४७:००

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले एमसिसी विवादमा आइसकेपछि हतारमा संसदमा टेबुल गराउनु गलत भएको बताएका छन्। प्रदेश १ लगानी बोर्डको कार्यक्रममा मुख्यमन्त्री राईले दुई ठूला विकसित र शक्तिशाली राष्ट्रहरूको बीचमा नेपाल रहेको उल्लेख गर्दै सन्तुलित रूपले विकास गर्नुपर्ने भएकाले हतारमा एमसिसी पारित गराउनु गलत हुने बताए।

विश्वमा छिटो प्रगतस गर्ने मुलुकहरू नेपालका छिमेकी चीन र भारत नै भएको उल्लेख गर्दै उनले अब नेपालले पनि आफ्नो आर्थिक समृद्धिको गतिलाई तीव्र रूपले अगाडि बढाउनुपर्नेमा जोड  दिए । मुख्यमन्त्री राईले संकटकाल सकिएपछि आर्थिक समृद्धिको घोषणा भए पनि व्यवहारमा फल प्राप्त हुन नसकेको बताए।

अझै पनि झन्डै एक करोड नेपाली विदेशमा श्रम गर्न बाध्य भएकाले उत्पादनमा वृद्धि गरेर आर्थिक क्षमता नबढाए देश झनै संकटमा पर्ने निश्चित भएको उनको भनाइ छ। उनले प्रदेश सरकारको कुल पुँजीगत बजेट १२ अर्ब मात्र रहेको भन्दै विकासका लागि निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताए।