Skip This
रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Saturday, 27 July, 2024
२o७८ फाल्गुण ९ सोमबार ११:५९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार ११:५९:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच फोनवार्ता भएको छ। उनीहरूबीच आइतबार युक्रेनको पछिल्लो अवस्थाबारे छलफल भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ। अमेरिकासहितका पश्चिमा देशहरूले रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने बताइरहेका छन्। तर, यसको रुसले भने खण्डन गरेको छ।

वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरूबीच हालैका दिनमा विश्वमा कोभिड– १९ ले पारेको प्रभावबारे कुराकानी पनि भएको र यो महामारीको नियन्त्रणका लागि संयुक्त रूपमा मिलेर लड्नेबारे सहमति भएको थियो।

त्यसैगरी उनीहरूबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ। त्यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच हरेक विषयमा वार्ताबाट समाधान गरी अघि बढ्नुपर्नेबारे कुराकानी भएको थियो। रासस/सिन्ह्वा