१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

गत आवभन्दा ३३ अर्ब बढी राजस्व संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:४६:oo

नेपालको मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने  विभिन्न वस्तुको आयात निर्यातमा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजस्व संकलनमा देखिएको छ। कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग–व्यापारले गति लिएपछि यसको सकारात्मक प्रभाव उक्त कार्यालयको राजस्व संकलनमा देखिएको हो।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा संकलित राजस्वको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ।

गत आर्थिक वर्षको सात महिनामा  ८८ अर्ब ५० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवको सोही अवधिमा  एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न वीरगन्ज भन्सार सफल भएको छ। यो गत आवको संकलित राजस्वभन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो। रासस

ad
ad