१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

गौतम धिमालको एकल ‘फेसन फोटो’ प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:३९:oo

फोटोग्राफर गौतम धिमालको एकल फोटो प्रदर्शनी भइरहेको छ। काठमाडौंको मन्डिखाटारमा शुक्रबारदेखि धिमालको ‘फेसन फोटो’ प्रदर्शनीमा राखिएको हो। उनको ‘हिमालयन फेसन एडभेन्चर’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो। उक्त पुस्तकमा समावेश गरिएका उत्कृष्ट तस्बिरहरूलाई प्रदर्शनीमा राखिएको गौतमले बताए।

नेपाललाई फिल्म छायांकन र फोटोग्राफीलाई उजागर गरी पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा मुस्ताङमा खिचिएको तस्बिरहरू राखिएको छ। मुस्ताङको संक्षिप्त विवरणसहित पुस्तकमा सुन्दर तस्बिरहरू समावेश गरिएको छ। भौगोलिक कठिनाइका बाबजुत आफूले फोटो सुट गर्दाको अनुभवलाई उनले पुस्तकमा समेटेका छन्।

फिल्म छायांकन र ल्यान्डस्केप फोटोग्राफीको प्रवर्धनका लागि यसको प्रदर्शनी आयोजना गरिएको उनले बताए। उनले आफ्नो फोटोग्राफीको अनुभव सुनाउँदै भने, ‘नेपालमा ल्यान्डस्केप फोटो मात्रै खिच्ने चलन छ। ल्यान्डस्केप फोटोले भिडियो स्टोरी क्रियट गर्न सकिँदैन। फेसन र ल्यान्डस्केपको फ्युजन गरेर फोटो सुट गरियो भने स्टोरी क्रियट गर्न सजिलो हुन्छ। त्यसैले पनि मोडेल राखेर फोटो सुट गरिएको हो।’

हरेक वर्ष नेपालको सुन्दर स्थान छनोट गरेर ‘फोटो सुट’ गरिने गौतमले बताए । उनी भन्छन्, ‘नेपालका अधिकांश सुन्दर स्थानमा फोटो सुट गर्ने योजना छ। स्वदेशी तथा विदेशी फिल्मको कथावस्तुले मागेअनुसारका छायांकन गर्ने ठाउँ चिनाउने खालका फोटो सुट गरिनेछ। यस्ता फेसन फोटो प्रदर्शनी पनि हरेक वर्ष आयोजना गरिनेछ।’

‘हिमालयन फेसन एडभेन्चर’ पुस्तक विश्वभर अमेजन प्राइम डटकम र ‘एप्पल आइबुकमा पनि उपलब्ध छ। पुस्तक फेसन डिजाइनर, फेसन फोटोग्राफर, मोडल तथा साहसिक यात्रुहरूको अनुभव समेटिएर तयार पारिएको छ। लोकेसन नेपालले आयोजना गरेको प्रदर्शनी २४ फेब्रुअरीसम्म सञ्चालन हुनेछ।

 

ad
ad