१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा एमसिसी टेबुल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:२३:oo

प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संसद् बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनका लागि एमसिसी सम्झौता प्रस्तुत गरे। ११ बजे बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसी संसदमा निर्णयार्थ लैजाने सुझाव दिएको थियो। 

आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा  पनि सरकारले एमसिसी अघि बढाउने निर्णय गरेको थियो। संसदीय अनुमोदनका लागि ३० असार ०७६ मा एमसिसी सम्झौता प्रतिनिधिसभामा दर्ता भएको थियो। त्यसको ३१ महिनापछि उक्त सम्झौता संसदीय प्रक्रियामा अघि बढेको हो।

संसद् बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेकपा एमालेका भीम रावल, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, मजदुर किसान पार्टीका प्रेम सुवालले आपत्ति जनाएका थिए।

 

 

ad
ad