Skip This
मधेस प्रदेशमा मानव अधिकार उल्लंघनका सात हजार घटना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ८ आइतबार
  • Saturday, 27 July, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७८ फाल्गुण ८ आइतबार १३:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस प्रदेशमा मानव अधिकार उल्लंघनका सात हजार घटना

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ फाल्गुण ८ आइतबार १३:१४:oo

मधेस प्रदेशमा सन् २०२१ म मानव अधिकार उल्लंघन तथा ज्यादतीका सात हजारभन्दा बढी  घटना भएकाे पाइएको छ। मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शनिबार जनकपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा मधेसमा गत वर्ष सात हजार ५८ वटा घटना मानव अधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ।

उक्त पुस्तक उच्च अदालत जनकपुरधामका न्यायाधीश हरिप्रसाद बगालेले सार्वजनिक गरेका हुन्। अपहरणमा २४ पक्राउ, महिला अधिकार उल्लंघनका दुई सय २८ घटना, बाल अधिकार उल्लंघनका दुई सय २३ घटना भएको उक्त पुस्तकमा उल्लेख छ ।

कार्यक्रममा मधेश प्रदेश सभाका सांसद मञ्जु यादवले न्यायालय स्वतन्त्र हुन नसकेको बताइन्। मधेस प्रदेशमा जातीय छुवाछुत, बोक्सी आरोप, कुटपिटलगायतका घटनामा वृद्धि हुँदै गरेकाले यसतर्फ राज्यका निकायहरू गम्भीर हुन जरुरी रहेको सांसद यादवले बताइन्।  राजनीतिक नियुक्तिका कारणले गर्दा न्यायालय स्वतन्त्र नभएको उनले बताइन्। इन्सेकका मधेस प्रदेश प्रमुख राजु पासवानले प्रदेशमा ७५८ मानव अधिकारसम्बन्धी घटना भएको बताए।

सार्वजनिकीकरण कार्यक्रममा सन् २०२१ मा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमिल्सिनालाई सात हजार नगदसहित पुरस्कृत गरिएको छ।