१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : रासस (फाइल)
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालुवाटारमा सत्तागठबन्धनको बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:५२:oo

बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु भएको छ । बिहीबार बसेको सत्तागठबन्धनको बैठकमा संसद्बाट एमसिसी अनुमोदन गर्ने सहमति नजुटेपछि यस विषयमा सहमति जुटाउन गठबन्धनले शुक्रबार बिहान  छलफल सुरु गरेको हो । 

अमेरिकाले १६ फागुनभित्र एमसिसी अनुमोदन नभए सम्झौता रद्द हुन सक्ने कूटनीतिक दबाब दिएपछि प्रधानमन्त्री देउवाले यसलाई संसद् प्रवेश गराउने गृहकार्य गरेका हुन् । तर, पाँचदलीय सत्तागठबन्धनमा रहेका बहुमत दलहरू (माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा)ले अहिलेसम्म एमसिसी संसद् लैजान सहमति जनाएका छैनन् । 

सत्ता गठबन्धनको बैठक बस्नु अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो । प्रचण्डनिवास खुमलटारमा आज बिहान भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।

ad
ad