१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड-नेपाल अडान : कार्य व्यवस्थामा सहमति जुटाएर मात्र एमसिसी संसदमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३७:oo

कांग्रेसले एमसिसी संसदमा टेबुल गर्ने तयारी गरे पनि सत्तागठबन्धनका अन्य दलहरू अझै निर्णयमा पुग्न सकेका छैनन् । एमसिसी संसदमा टेबुल गर्नै नदिने अडानमा रहेका माओवादी र एकीकृत समाजवादी केही दिनयता नरम देखिएका छन् । तर, बुधबारकै बैठकमा एमसिसी टेबुलका लागि उनीहरू तयार भइसकेका छैनन् ।

माओवादीले बुधबार बस्ने संसदीय दलको बैठकमा यसबारे थप छलफल गर्दै छ । नेता कृष्णबहादुर महराले भने गठबन्धन बचाउन एमसिसी रोक्नुपर्ने बताए । ‘माओवादी एमसिसीको विपक्षमा रहन्छ । गठबन्धन जोगाउने हो भने एमसिसी रोक्नुपर्छ । अहिले यसबारे धेरै बोल्नु छैन, केही दिनभित्रै एमसिसीबारे टुंगो लाग्छ,’ माओवादीको कोहलपुर नगर समितिको विस्तारित बैठकलाई मंगलबार सम्बोधन गर्दै महराले भने । 

एमसिसी सम्झौताको विरोधमा आन्दोलन गरिरहेको एकीकृत समाजवादी पनि बुधबार संसदमा टेबुल गर्ने विषयमा सहमत भइसकेको छैन । प्रमुख सचेतक जीवनराम श्रेष्ठले टेबुल भएपछि मात्रै पास वा फेल गर्नेबारे निर्णय लिने बताए । ‘संसद्को होस् वा कार्य व्यवस्था समितिको दुवै बैठकमा हामी उपस्थित हुन्छौँ । एसिसी टेबल भएपछि के गर्ने भन्ने विषयमा अहिले नै कुनै ठोस निर्णय गरिसकेका छैनौँ,’ उनले भने, ‘टेबुल भएपछि के गर्ने भनेर बल्ल निर्णय लिन्छौँ ।’ 

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले गठबन्धनमा रहेका अन्य दलले के गर्छन् भन्ने टुंगो लागेपछि आफ्नो पार्टीले निर्णय लिने बताए । ‘अहिलेसम्म कुनै छलफल भएको छैन,’ उनले भने । त्यस्तै, जनमोर्चाले सुरुदेखि नै एमसिसी राष्ट्रघाती रहेको दाबी गर्दै खारेजीको माग गर्दै आएको छ । 

ad
ad