१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १४:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एभरेस्ट बैंकको वीरगन्ज शाखा र मधेश प्रादेशिक कार्यालय आफ्नै भवनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:५९:oo

एभरेस्ट बैंक लिमिटेडले वीरगन्ज महानगरपालिका– १० आदर्शनगरस्थित वीरगन्ज शाखा तथा वीरगन्ज– ४ आदर्शनगरस्थित मधेश प्रादेशिक कार्यालय आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ।

वैशाख २३ गते विशेष कार्यक्रमबीच आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ तथा सेवाहरू सञ्चालन गरेको बैंकले जनाएको छ।

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगन्ज चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उप्रेतीले नवनिर्मित भवनबाट ग्राहकहरूले अझ बृहत् र परिष्कृत बैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहज रूपमा उपभोग गर्न सक्ने बताए।
 

ad
ad