१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि निरन्तर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:२o:oo

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज मंगलबार पनि निरन्तर हुने भएको छ। माघ २७ बाट सुरु भएको कार्यसम्पादन समितिको पहिलो बैठक आज पनि निरन्तर हुने भएको हो। बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय भएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुँदै आएको छ। ३७ सदस्यीय कार्यसम्पादन समितिका अधिकांश सदस्यले आफ्नो धारणा राखेका छन्। बैठकमा ९ एजेन्डामाथि छलफल जारी छ। कांग्रेसले बैठकका एजेन्डाका रूपमा स्थानीय निर्वाचनको तयारी गर्ने र यसका लागि स्थानीय निर्वाचन मूल तयारी समिति र घोषणापत्र तयारी समिति गठनको प्रस्ताव गरेको छ।

त्यस्तै, संगठन सुदृढीकरण एवं निर्वाचन तयारीकेन्द्रित राष्ट्रव्यापी अभियान अघि बढाउने, भ्रातृ एवं शुभेच्छुक संस्था सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने, नयाँ भ्रातृ एवं शुभेच्छुक संस्थालाई मान्यता प्रदान गर्ने, महाधिवेशनपछि सम्पन्न गर्ने गरी थाती राखिएका क्रियाशील सदस्यहरूको व्यवस्थापन, नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा,केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा र अधिवेशन हुन बाँकी रहेका जिल्ला,क्षेत्र र पालिकाको अधिवेशनको मिति तय गर्ने एजेन्डामाथि छलफल गरिरहेको छ।

ad
ad