१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस बाग्लुङको अभियान ‘जनतासँग कांग्रेस’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:२७:oo

नेपाली कांग्रेस बाग्लुङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । जिल्लाका दशवटै स्थानीय तहका  प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी उक्त अभियान सञ्चालन गर्न लागेको हो । कांग्रेस बाग्लुङको सोमबार जिल्लाको गलकोट हटियामा बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिने कांग्रेस बाग्लुङका सभापित जित शेरचनले बताए ।

‘कांग्रेसले स्थानीय तहको निर्वाचनकेन्द्रित भएर अभियान सञ्चालन गरेको छ । यो अभियान पार्टीको संगठन सुदृढीकरणका निम्ति ठूलो सार्थक बन्नेछ, सभापति शेरचनले भने,‘हरेक गाउँ र टोलसम्म नेतृत्व पुग्नेछ । कार्यकर्तासँग अन्तर्क्रिया गछौँ, समस्या बुझ्छौँ र समाधानको बोटो खोज्नेछौँ ।’ उनले आगामी स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले छुट्टै रणनीति तय गर्ने बताए । अभियान आगामी सातादेखिनै सञ्चालन हुने हरेक स्थानीय तहका लागि जिल्ला तहकै नेतालाई जिम्मेवारी प्रदान गर्ने कांग्रेस बाग्लुङले बताएको छ । 

बैठकले महासमिति सदस्यको निर्वाचनका लागि फागुन ७ गते मनोनयन दर्ता गर्ने र फागुन ९ गते निर्वाचनको मिति तय गरेको कांग्रेस बाग्लुङका जिल्लासचिव हरिहर शर्माले बताए । क्षेत्रीय अधिवेशनमा नै महासमिति सदस्यका लागि निर्वाचन हुनुपर्नेमा केहीको निर्विरोध भए तापनि केहीमा भने बाँकी रहेका कारण केन्द्रीय निर्देशनअनुसार मिति तय गरिएको सचिव शर्माले बताए । 

कांग्रेस बाग्लुङले निर्माण गर्न लागेको बिपी स्मृति भवनको निर्माणको अभियानमा बैठकमार्फत सबै क्रियाशील सदस्यदेखि सबै तहका पदाधिकारी सदस्यहरूलाई सहभागी हुन आग्रह गरिएको छ । पार्टीको संगठन निर्माणलाई मजबुत बनाउन र आगामी स्थानीय तहमा कांग्रेसलाई जिताउनका निम्ति रणनीति तयार पारेर लाग्नुपर्ने सहभागीले बताएका थिए । 

ad
ad