मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २६ मंगलबार
  • Tuesday, 12 December, 2023
२०७८ फाल्गुण २ सोमबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण २ सोमबार ११:४०:००

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। बेंसीसहर नगरपालिका– ३ गाउँसहरका ६० वर्षीय गणेशबहादुर गोतामे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

काठमाडौंमा लुकिछिपी बस्दै आएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले माघ २८ गते गोतामेलाई तारकेश्वर नगरपालिका– ९ बाट पक्राउ गरेको हो।

उच्च अदालत पाटनले उनलाई पाँच लाख जरिवानासहित दुई दिन कैद फैसला सुनाएको थियो। पक्राउ परेका गोतामेलाई आइतबार जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
 
पछिल्लो समय लमजुङ प्रहरीले अभियान नै सञ्चालन गरी फरार प्रतिवादी पक्राउ गर्दै आएको छ। चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ५० जनालाई पक्राउ गरिसकेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए।