१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

दीपक रौनियारको ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिबलमा प्रिमियर हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:o५:oo

दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिबलमा आज अन्तर्राष्ट्रिय प्रिमियर हुँदै छ। फेस्टिबलमा सर्ट फिल्महरूको मुख्य प्रतिस्पर्धामा संसारभरिबाट छानिएका २१ फिल्महरूमध्ये ‘फोर नाइट्स’ छनोटमा परेको हो।

फिल्म सपना पूरा गर्ने आशामा नेपालदेखि अमेरिकाको न्युयोर्कसम्म पुगेका दम्पतिको कथामा आधारित छ। १६ मिनेट लामो फिल्ममा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ। यो फेस्टिबललाई विश्वका प्रतिष्ठित तीन ठूला फेस्टिबलमध्येको एक मानिन्छ। प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय जुरीमा इटालीकी प्रसिद्ध फिल्ममेकर रोजा बार्बा, भारतीय फिल्ममेकर पायल कपडिया र जर्मनीका फिल्ममेकर रेनहार्ड वुफ छन्।

बर्लिनमै सूर्य शाहीको निर्देशनमा बनेको ह्वील्स अन द बस प्रिमियर हुँदैछ। बर्लिन फिल्म फेस्टिबलमा यो वर्ष एकैपटक दुई नेपाली सर्ट फिल्म छनोट भएका हुन्।

 

ad
ad