१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २९ शनिबार १६:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

८३६ नयाँ संक्रमित थपिँदा १,८२६ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २९ शनिबार १६:५३:००

पछिल्लो २४ घन्टामा नेपालमा ८३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार ६५४ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट चार हजार २६० र एन्टिजेन विधिबाट दुई हजार ३९४ जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ४९१ र ३४५ संक्रमित भेटिएका हुन्।

सो अवधिमा कोरोना संक्रमित चारजनाले ज्यान गुमाएकाे मन्त्रालयले जनाएको छ। त्यस्तै, एक हजार ८२६ जना निको भएका र शनिबार दुई लाख ८८ हजार ८३७ जनाले खोप लगाएका छन्। नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।