१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
एजेन्सी
२o८१ बैशाख २० बिहीबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रसिया-युक्रेन संकट : आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न अमेरिकाको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
एजेन्सी
२o८१ बैशाख २० बिहीबार १२:३९:oo

अमेरिकाले आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । रसियाले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना बढेर गएको भन्दै अमेरिकाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको हो । अमेरिकाले बिहीबार नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गर्दै रसियाले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना बढेर गएकाले र कोभिड– १९ का कारण युक्रेनको यात्रा नगर्न आफ्ना नागरिकलाई निर्देशन दिएको हो । हाल युक्रेनमा हुनेहरू निजी तथा व्यावसायिक माध्यमबाट अविलम्ब युक्रेन छाड्न पनि अमेरिकाले आग्रह गरेको छ । 

अमेरिकाले रसियाले युक्रेनमाथि आक्रमण गरेको खण्डमा आफ्ना नागरिकलाई युक्रेनबाट उद्धार गर्न नसक्ने पनि बताएको छ । रसियाले विनाकुनै चेतावनी जुनसुकै वेला आक्रमण गर्न सक्ने र आक्रमण गरेको अवस्थामा युक्रेनस्थित अमेरिकी राजदूतावासको कामकारबाही प्रभावित हुने पनि अमेरिकाले बताएको छ । 

रसियाले युक्रेनको सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ । हालसम्मका कूटनीतिक रूपमा समस्याको समाधान गर्ने प्रयासहरू असफल भइरहेका वेला बेलायत र अमेरिकाले रसियाले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको दाबी गर्दै आएका छन् । तर, उक्त दाबीलाई रसियाले अस्वीकार गर्दै आएको छ ।  

ad
ad