१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कमलपोखरी पुनर्निर्माण : नौ चैत्यको प्रतिस्थापन, दुई सातापछि उद्घाटनको तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:१६:oo

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम करिब–करिब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने  जानकारी दिएका छन्। पुनर्निर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यीकरण योजनाअनुरूप नाैवटा चैत्यको आज विधिवत् रूपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्। ‘काठमाडौं महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रूपमा विकास गरेको छ,’ प्रमुख शाक्यले भने, ‘ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसलगत्तै हामी पोखरीको उद्घाटन गर्छाैँ ।' 

पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ हावा र हरियालीको मनोरञ्जन लिँदै घुमफिर गर्ने उपयुक्त स्थानका रूपमा यो पोखरीलाई विकास गरिने उनले बताए। उनले पोखरी पुनर्निर्माणको काम एक वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिलासुस्ती भएको बताए। ‘कमलपोखरी सौन्दर्यीकरण योजनाअनुरूप पोखरीको किनारमा नाैवटा चैत्यको प्राण प्रतिस्थापन गर्ने कार्य आज सम्पन्न भयो । पहिलो चरणको काम सम्पन्न हुनेबित्तिकै कमलपोखरीको उद्घाटन गर्नेछौँ र दोस्रो चरणको काम सँगसँगै सुरुवात गर्छाैँ,’ उनले भने।
 
उनले चैत्यसँगै यहाँको सांस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरीवरिपरि वृक्षरोपनण गर्ने तयारी भएको पनि जानकारी दिए। ‘यहाँका मठ–मन्दिरको संरक्षण गर्दै यो पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउने पर्यटकलाई समेत आकर्षित गराउने उद्देश्यका साथ पोखरी पुनर्निर्माणको काम अघि बढाएका छौँ,’ मेयर शाक्यले भने, ‘छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्छौँ ।’

ad
ad