१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २५ मंगलबार १७:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी परियोजना यथास्थितिमा अनुमोदन हुँदैन : नेता गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार १७:२३:oo

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले एमसिसी परियोजना यथास्थितिमा अनुमोदन नहुने स्पष्ट पारेका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै गुरुङले एमसिसी परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताए।

वर्तमान गठबन्धन रहँदासम्म एमसिसीको विषयमा गठबन्धनमा सहमति गरेर जानुपर्ने उनको धारणा छ। प्रधानमन्त्रीले गठबन्धनको सहमतिविना एमसिसी परियोजना अगाडि बढाएमा गठबन्धन स्वतः समाप्त हुने उनले बताए।

‘एमसिसी यही रूपमा यथास्थितिमा अनुमोदन हुन सक्दैन। त्यसैले यसलाई संशोधन गर्नुपर्यो, परिमार्जन गर्नुपर्यो, एमसिसी कम्पनीसँग कुराकानी गर्नुपर्यो भन्ने कुरा भइराखेको छ, पाँच दलभित्र। कति संशोधन हुन सक्छ, कति परिमार्जित हुन सक्छ, त्यही आधारमा दलहरूबीचमा कति राष्ट्रिय सहमति हुन्छ, हुँदैन भन्ने कुराको आधारमा अगाडि बढ्ने कुरा हो,' गुरुङले भने,  'गठबन्धन रहँदासम्म त गठबन्धनमा सहमति गरेर जाने कुरा हो। गठबन्धन छोड्ने कि नछोड्ने भन्ने त उहाँको कुरा हो। उहाँले गठबन्धन छोडेर एमसिसी लिएर जानुभयो भने त गठबन्धन स्वतः समाप्त भयो त। गठबन्धन छोडेर उहाँ त्यो रूपले लाग्नुहुन्छ जस्तो लाग्दैन।’