मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २४ सोमबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहले सीमा स्तम्भहरूको अवस्थासहितको प्रोफाइल तयार पार्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार १७:२२:oo

गृह मन्त्रालयले देशभरका सबै सीमा स्तम्भहरूको वर्तमान अवस्थासहितको प्रोफाइल तयार पार्ने भएको छ। सोमबार गृह प्रशासन सुधार कार्ययोजना २०७८ सार्वजनिक गर्दै मन्त्रालयले उक्त योजनाबारे जानकारी गराएको हो।

उक्त प्रोफाइलमा नेपालको भारत र चीनसँगको सिमाना छुट्याउने सीमा स्तम्भको संख्या र विवरण उल्लेख हुनेछ। तयार पारिएको प्रोफाइल डिजिटल प्रणालीमा पनि अध्यावधिक गरिने बताइएको छ।

उक्त कार्य गृह मन्त्रालयअन्तर्गतको सुरक्षा समन्वय महाशाखाले गर्नेछ। यसका लागि महाशाखालाई आगामी २ वर्षको समयसीमा तोकिएको छ। महाशाखाले देशभरका सबै सीमा स्तम्भसहितको डिजिटल प्रोफाइल तयार पारेर गृहमन्त्रीसमक्ष प्रस्तुत गर्नुपर्नेछ।