मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
२०७८ माघ १८ मंगलबार ११:५२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्यानडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७८ माघ १८ मंगलबार ११:५२:००

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्विटमार्फत् आफू कोभिड पोजेटिभ भएको कुरा सार्वजनिक गरेका हुन्।

उनले लेखेका छन्, 'मलाई कोभिड पोजेटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ। म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रूपमा लाग्नेछु।' साथै उनले सोही ट्विटमा क्यानडाली नागरिकहरूलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन्।  

उनले गत हप्ता आफ्नो एक बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी गराएका छन्। रासस/सिन्ह्वा