१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री शर्मा भन्छन्– बाहिर धेरै बोलेर समस्या समाधान हुँदैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:४३:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् । शर्माले नेविसंघलगायतका भ्रातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताए । 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका नेताहरूसँग कुरा गर्दै उनले भ्रातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताए । उनले भने, ‘भ्रातृ संस्थाका समस्याहरू छन् । नयाँ आएका महामन्त्री कहाँ छन् ? के छ ? हाम्रो बारेमा के सोचिरहेका छन् ? भन्ने कुराहरू सामाजिक सञ्जालमा समेत आइरहेका छन् । तर के बिर्सनुहुँदैन भने कुनै हस्पिटलमा नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीहरूको समस्या एकैचोटी समाधान हुँदैन । प्रक्रियामा जान्छ । बाहिर धेरै बोलेर समस्याको समाधान हुँदैन ।’

शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्ने पक्षमा नरहेको पटकपटक दोहोर्याए । उनले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्याहरूलाई प्रक्रियामा लगेर समाधान गर्न लागिपरेको पनि बताए । 

विद्यार्थी नेताहरूले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए ।

ad
ad