मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १४ शुक्रबार १७:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायसेवाका सहसचिव र उपसचिवहरूको बढुवा र पदस्थापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १४ शुक्रबार १७:३७:oo

न्यायसेवा आयोगको बैठकले न्याय, कानुन र सरकारी वकिल समूहका सहसचिव र उपसचिवहरूको बढुवा र पदस्थापना गरेको छ। आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा बसेको बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो।

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एसोसियसनले आन्दोलन सुरु गरेपछि भूमिकाविहीन अवस्थामा रहेका प्रधानन्यायाधीशले आयोगको बैठक राखेर यस्तो निर्णय गरेका हुन्।  जबराले यसअघि ७ पुसमा बैठक आह्वान गरेका थिए। तर, त्यसवेला आयोगको बैठक स्थगित भएको थियो।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगको सदस्यमा संघीय कानुन तथा न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता रहने व्यवस्था रहेको छ।