राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा गठबन्धनका सबै उम्मेदवार विजयी

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन परिणामअनुसार कांग्रेसकी दुर्गा गुरुङ २ हजार ९ सय ७०, नेकपा (एकीकृत समाजवादी)का उदयबहादुर बोहरा ३ हजार ६ र नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट ३ हजार ६ मतभार ल्याउँदै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

कर्णालीमा नेकपा एमालेका तीनैजना उम्मेदवारले समान १,४१६ मतभार प्राप्त गरेका छन् । एमालेबाट चूडामणि शर्मा, पदबहादुर माझी र गंगा थापा महत उम्मेदवार छन् । 
 

सुझावित समाचार