मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ११ मंगलबार ०६:२२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रावा बैंकले ल्यायो इन्टरनेटविना पनि चल्ने डिजिटल बैंकिङ सुविधा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ११ मंगलबार ०६:२२:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले इन्टरनेटविना पनि वित्तीय पहुँच पुग्ने सेवाको सुरुवात गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बैंकको ५७औँ वार्षिक अवसरमा उक्त सेवाको सुरुवात गरेका हुन् ।  बैंकले सीमित कारोबारका लागि शाखामा जानुनपर्ने सुविधासमेत सञ्चालनमा ल्याएको छ । बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरूको काउन्टरमा स्मार्ट क्युआर टेलर सेवाको सुरुवात गरेको हो । 
भर्चुअल माध्यमबाट सम्पन्न गरिएको ५७औँ वार्षिकोत्सव समारोहमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वित्तीय व्यवस्थापन आफैँमा  चुनौतीपूर्ण भए तापनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यावसायिक रूपमा अगाडि बढिरहेको बताए । 

बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने उनको भनाइ थियो । बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ सेवाले ग्राहकको आकांक्षाबमोजिम ग्राहकमैत्री सेवाका लागि थप कार्य गर्नुपर्ने अर्थमन्त्री शर्माले बताए । बैंकको ५७औँ वार्षिककोसवका अवसरमा प्रकाशन गरिएको विशेषांक स्मारिका उपहार–२०७८ पनि अर्थमन्त्रीले भर्चुअल माध्यमबाट विमोचन गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारका लागि विगतमा आफूसमेत सहभागी भई कदमहरू चालिएकाले बैंकको वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको र पुनः आउन सक्ने चुनौतीको सामना गर्न बैंक तयार भइरहनुपर्ने बताए । अहिलेको अवस्थामा जोगिएर प्रणालीलाई जोगाउनुपर्ने उनको भनाइ थियो । 

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले आफ्नो वित्तीय अवस्था तथा परिसूचकहरू उत्कृष्ट रूपमा प्रस्तुत गर्न तथा बैंकिङ क्षेत्रका सबै क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गर्न सफल भएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराएका थिए । ०७७ पुस मसान्तसम्म बैंकले दुई खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।