Skip This
हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १० सोमबार
  • Tuesday, 13 May, 2025
२o७८ माघ १० सोमबार १७:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार १७:२१:oo

अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ। हिमपातमा परी अन्य ७६ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन्। 

तालिबान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ। मन्त्रालयका अधिकारीहरूले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरूमा क्षति पुगेको जनाएका छन्। पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको बताइएको छ।

प्रतिकूल मौसमका कारण हिमपातबाट प्रभावित भएकाहरूको खोजी, उद्धार तथा राहतका लागि कठिन भइरहेको बताइएको छ। प्रभावितहरूलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर अस्थायी शिविरमा राखिएको अधिकारीहरूले जनाएका छन्। रासस/एएनआई