१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:२o:oo

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेपछि मौन अवधि लागू भएको जनाएको हो ।मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउँदैनन् । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले ‘यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने’ भनेको छ । 

सामाजिक सञ्जालबाट पनि भोट माग्नु आचारसंहिताविपरीत हुने उल्लेख छ । आयोगले ‘एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने’ जनाएको छ । 

ad
ad