१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

 कोभिडका कारण न्युजिल्यान्डकी प्रधानमन्त्रीको बिहे रद्द    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:५५:oo

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको बिहे रद्द भएको छ। बढ्दो ओमिक्रोन संक्रमणका कारण आफ्नो बिहे रद्द गरेको उनले बताएकी छिन्। आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिइन्। बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भिड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझावसमेत दिएकी छिन्। यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउनसमेत सबैमा आग्रह गरेको छ।   

महामारीका कारण अन्य नागरिकजस्तै आफू पनि प्रभावित भएको उनले बताएकी छिन्। ४१ वर्षीया जसिन्डा आर्डर्न र उनका लिभिङ टुगेदर क्लार्क गेफोर्डका एक सन्तान छन्। लामो समयदेखि सम्बन्धमा रहेका उनीहरूले बिहेको मिति भने सार्वजनिक गरेका छैनन्।
 

ad
ad