एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

आइतबार, ९ माघ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। ओलीसँगै श्रीमती राधिका शाक्यलाई पनि संक्रमण पुष्टि भएको छ। केही दिनदेखि स्वास्थ्यमा असहजता देखिएपछि ओलीको कोरोना परीक्षण गरिएको थियो।

उनी बालकोटस्थित घरमा नै आराम गरिरहेका छन्। ओलीलाई कोरोना संक्रमण भएपछि एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।
 

सुझावित समाचार