Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार ०६:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लिटमस केबलद्वारा ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार ०६:३३:००

लिटमस केबल उत्पादन गर्दै आएको लुम्बिनी विद्युत् उद्योगले बुटवलमा ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न गरेको छ । कार्यक्रममा लिटमस केबलका ब्रान्ड एम्बासेडर नायक राजेश हमाललगायत रुपन्देहीका वरिष्ठ उच्चपदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउन पार्टनरहरूको मिहिनेत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले देशभरका डिलरहरूप्रति आभार प्रकट गरे । उनले भने, ‘हामीले यो उचाइ कायम राख्न अझै बढी ग्राहक सेवामा केन्द्रित रही बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरूको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागिपर्नुपर्छ ।’

विगत चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एड्भान्स जर्मन टेक्नोलोजी मेसिनहरूबाट आफ्ना उत्पादन गर्दै आइरहेको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ । लुम्बिनी विद्युत् उद्योग नेपालको प्रतिष्ठित निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगिनी संस्थाका रूपमा रहँदै आएको छ ।