मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ९ आइतबार १०:०२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एपोलो पेन्ट्सको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ९ आइतबार १०:०२:००

एपोलो पेन्ट्सको ब्रान्ड एम्बेसडरमा महानायक राजेश हमाल अनुबन्धित भएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा एपोलो पेन्ट्सका महानिर्देशकले हमाललाई ब्रान्ड एम्बेसडरको रूपमा दुई वर्षको लागि अनुबन्धित गरेका हुन् । 

‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’ भन्ने भावना उत्पन्न गरी उपभोक्ता तथा आमजनतामाझ अझ बढी लोकप्रिय ब्रान्ड बनाउन महानायक हमाललाई ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिएको कम्पनीले जनाएको छ । 

एपोलो पेन्ट्सले विगत १७/१८ वर्षदेखि इनामेल, प्राइमर र सिमेन्ट पेन्ट्स उत्पादन गर्दै आएको छ ।  यसको बजार हिस्सा ८–१० प्रतिशत रहेको कम्पनीको अनुमान छ ।