मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ८ शनिबार ०६:०७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

संक्रमणदर ४६.३ प्रतिशत पुग्यो : काठमाडौं उपत्यकामा मात्रै ४२ हजार ५६ सक्रिय संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ८ शनिबार ०६:०७:००

नेपालमा कोरोना संक्रमणदर ४६.३ पुगेको छ । तीव्र संक्रमणका कारण छोटो समयमै सक्रिय संक्रमितको संख्या धेरै बढेको छ । गत १९ पुसदेखि संक्रमणदर निरन्तर उकालो लागिरहेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ पुगेको छ । दैनिक संक्रमण हुने संख्या १० हजार नाघेसँगै पुनः जनजीवन अस्तव्यस्त बन्न थालेको छ । 

पछिल्लो २४ घन्टामा २३ हजार ९२ जनाको परीक्षण गर्दा १० हजार सात सय तीनजनामा संक्रमण देखिएको छ । उच्च भिडभाडका कारण काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमण देखिएको छ ।

शुक्रबार काठमाडौंमा चार हजार दुई सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा पाँच सय ६७ र भक्तपुरमा चार सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ हजार ५६ पुगेको छ ।