१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महसुल नतिर्ने ग्राहकको विद्युत कटौती गर्दै जलेश्वर वितरण केन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:२४:oo

नेपाल विधुत प्राधिकरणको जलेश्वर वितरण केन्द्रले लाइन काटिएका ग्राहकहरूबाट एक करोड ४६ लाख आठ हजार ४०६ रुपैयाँ महसुल असुलउपर गरेको छ। वितरण केन्द्रले  गत श्रावणदेखि हालसम्म ५७२ ग्राहकको लाईन काटेपछि बक्यौता रकम उठ्न थालेको हो।

विगत लामो समयदेखि उनीहरूले महसुल भुक्तानी नगरी विद्युत् प्रयोग गरिरहेका थिए। लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको लाइन काटिएपछि पुनः कनेक्सन गराउन ती ग्राहकहरूले जरिवानासहित महसुल तिर्न थालेका वितरण केन्द्रका प्रमुख ई. वीरेन्द्रकुमार झाले बताए।

झाले महोत्तरीमा अझै करोडौं रुपैयाँ महसुल बाँकी राखेर विद्युत् उपभोग गरिरहेका सयौँ खराब ग्राहक भएको बताउँदै उनीहरूको लाइन काटिने क्रम जारी रहेको बताए। झन्डै ६५ हजारभन्दा बढी विद्युत् उपभोक्ता भएको यस केन्द्रले कालोसूचीमा रहेका ८३ मध्ये ६ उपभोक्ताबाट समेत थप एकलाख ९५ हजार २०४ रुपैयाँ महसुल असुलउपर गरेको छ।

मिटर, उपकरण/मानिसबाट समेत ३० लाख तीन हजार ६४२ रुपैया असुल गरिएको छ। बक्यौक्ताको खराब रेकर्ड भएका कारण घाटामा गइरहेको वितरण केन्द्रले अहिले बक्याैता उठाउन थालेपछि सुधारोन्मुख दिशातर्फ अग्रसर भएको प्रमुख ई. झाले बताए। उनले मिटरबाट नै विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ परेका ११० जनाबाट आठ लाख ७२ हजार ९४६ रुपैयाँ जरिवाना असुल गरिएको बताए।

झाका अनुसार एक हजार ४५९ जनाको सिंगल फेज मिटरमा, ५८ जनाको थ्री फेज मिटरमा र २३ जनाको एचटी एलटी मिटरमा रिसिलिङ गरिएको छ। जलेश्वर वितरण केन्द्रमार्फत ६२ हजार ८०२ ग्राहस्त,२ गैरगार्हस्थ्य १४८ व्यापारिक, २५० गैरव्यापारिक, ८९० औद्योगिक, ४४ सडक बत्ति, एक हजार १०२ सडकबत्ती, ११ खानेपानी, ५१ मन्दिर र तीन अस्थायी ग्राहक रहेका छन्।

ad
ad