मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ ६ बिहीबार ०८:३९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

ओमिक्रोनलाई सामान्य  नठान्न डब्लुएचओको आग्रह

Read Time : < 1 मिनेट
२०७८ माघ ६ बिहीबार ०८:३९:००

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका हुन् । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उनको सुझाव छ ।

गेब्रेयससले ओमिक्रोनका कारण मानिस अस्पताल भर्ना भइरहेको र मृत्यु पनि भएकाले स्वास्थ्य केन्द्रमा अत्यधिक भिडभाड बढेको बताए । संसारभर ओमिक्रोनको अस्वाभाविक वृद्धिसँगै नयाँ भेरिएन्ट देखिन सक्ने उनले बताए ।

यस्तै तत्काल कोभिड महामारी अन्त्य नहुने भन्दै यसका लागि निगरानी तथा मूल्यांकन गर्न आवश्यक रहेको उनको जोड छ । ओमिक्रोनका कारण गत साता मात्रै विश्वभर एक करोड ८० लाख नयाँ संक्रमित थपिएका छन् ।

उनले खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको पनि बताए । ओमिक्रोन भेरिएन्ट फैलिएयता युरोप र एसियामा दैनिक संक्रमित ह्वात्तै बढेको छ ।