मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Saturday, 12 July, 2025
२o७८ माघ ४ मंगलबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु एमाले अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार १८:५३:oo

नेकपा एमाले मुगुको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा जितबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन् । 

मल्लसहित ९० सदस्यीय जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । नयाँ नेतृत्व चयनको लागि सहमति खोज्दै एक सातापछि मंगलबार नयाँ पदाधिकारीले पूर्णता पाएको एमाले मुगुले जनाएको छ। अधिवेशन पुस २७ गते उद्घाटन भएको हो। 

पुस २३ गते तोकिएको एमालेको जिल्ला अधिवेशन हिमपात र वर्षातका कारण  पुस २७ गतेका लागि सारिएको थियो ।