निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
नयाँ पत्रिका काठमाडौँ
२०७८ माघ ४ मंगलबार ०९:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समन्वय समितिको बैठकअघि प्रधानमन्त्री र प्रचण्डबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ माघ ४ मंगलबार ०९:२५:००

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटार मंगलबार बिहान  छलफल भएको हो ।

मंगलबार समन्वय समितिको बैठक बस्दै छ । बैठकमा निर्वाचनबारे छलफल गर्ने र सरकारलाई सुझाव दिने एजेन्डा छ । यसअघि सोमबार पनि प्रधानमन्त्री र प्रचण्डबीच छलफल भएकाे थियो । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरूबीच कोरोना नियन्त्रण, राष्ट्रिय सभा निर्वाचनलगायतका विषयमा छलफल भएको थियो।