१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १ शनिबार
  • Wednesday, 02 July, 2025
नवीन गुरुङ संखुवासभा
२o७८ माघ १ शनिबार १७:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा चारदलीय संयन्त्र गठन

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७८ माघ १ शनिबार १७:५९:oo

 नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काको संयोजकत्वमा जिल्लास्तरीय चार राजनीतिक दलकाे संयन्त्र गठन गरिएको छ। गठबन्धनमा सामेल रहेका राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको जिल्लास्तरीय राजनीतिक संयन्त्र गठन गरिएको हो ।

नेकपा एमालेबाहेकका जिल्लामा क्रियाशील राजनीतिक दलहरू संयन्त्रमा सामेल रहेका छन्। समितिको सदस्यमा नेकपा (एकीकृत समाजवादी)का जिल्ला संयोजक हेमराज घिमिरे, नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्ण जिमी र जनता समाजवादी पार्टीका अध्यक्ष कवानसेन राई रहेको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपेन्द्र बान्तवाले बताए। 

उक्त चारदलीय राजनीतिक संयन्त्रको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावितहरूको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ। प्रभावितहरूले पटक–पटक आन्दोलन गरे पनि उनीहरूको माग सम्बोधन नभएकाले त्यसको लागि गठबन्धनका दलहरूले विशेष पहल गर्ने निर्णय गरेको हो । त्यसका साथै जिल्लाभित्र निर्माण हुने र निर्माणाधीन आयोजनाहरूको सूक्ष्म अध्ययन तथा निगरानी राख्नेसमेत निर्णय गरेको छ। त्यस्तै, जिल्लामा हुने अनियमितता, भ्रष्टचारको विरुद्धमा अभियान सञ्चालन गर्ने र सुशासन कायम गराउनेसमेत निर्णय गरेको छ।