मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १ शनिबार ०९:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लिपुलेकमा सडक विस्तार गर्ने काम आपत्तिजनक : माओवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १ शनिबार ०९:३८:००

माओवादी केन्द्रले लिपुलेकमा भारतीय पक्षले बनाइरहेको सडकबारे तत्काल कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ । माओवादी केन्द्रले सबैको सार्वभौमिकताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न पनि भारतलाई सचेत गराएको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले शुक्रबार अबेर विज्ञप्ति जारी गर्दै भारतीय पक्षबाट भएको अनुचित र अन्यायपूर्ण निर्माणविरुद्ध कडा विरोध प्रकट गर्नसमेत माग गरेका छन् ।

‘हालसालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेकोमा हाम्रो घोर आपत्ति छ । हामी भारतीय पक्षलाई सबैको सार्वभौमिकताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग गर्दछौँ । शक्तिको बलमा गरिएको भारतीय पक्षको यस्तो कार्यको हामी घोर भर्त्सना गर्दछौँ,’ श्रेष्ठको विज्ञप्तिमा छ, ‘यस सम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा हामी दुःखी छौँ । नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माण कार्य बन्द गराउन शीध्रातिशीध्र कूटनीतिक पहल गरोस् ।’