स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीलाई कोरोना संक्रमण

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही असहजता देखिएपछि कोभिड परीक्षण गर्दा कोरोना पजिटिभ देखिएको उनले बताए ।

बुधबार कोभिड देखिएपछि तिवारी अहिले आइसोलेसनमा छन् । सावधानी अपनाउँदा पनि आफू संक्रमित भएको भन्दै उनले हेलचेक्र्याइँ नगर्न सबैमा अनुरोध गरेका छन् ।

चितवनमा कोभिड महामारीमा खटिएबापत तिवारी यसअघि प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका थिए । अहिले पनि तिवारीले फोनबाट कार्यालयको काममा सहजीकरण गरिरहेका छन् ।

See More On

सुझावित समाचार