मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २९ बिहीबार १७:०८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एआइआइबीको उपाध्यक्षमा पटेल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २९ बिहीबार १७:०८:००

चीनको बेइजिङस्थित एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उपाध्यक्षमा भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)का पूर्वगभर्नर उर्जित पटेल नियुक्त भएका छन् । एआइआइबीको बोर्ड अफ डाइरेक्टर्सले फेब्रुअरी १ देखि लागू हुने गरी पटेललाई उपाध्यक्ष नियुक्त गरेको हो । गुजरातका पूर्वकर्मचारी डिजे पाण्डियनको कार्यकाल पूरा भएका कारण पटेल उपाध्यक्ष नियुक्त भएका छन् । 

‘एआइआइबीको बोर्ड अफ डाइरेक्टर्सले डा. उर्जित पटेललाई दक्षिण एसिया, प्रशान्त टापुहरू र दक्षिण पूर्व एसियाका लागि उपाध्यक्षको पदमा नियुक्त गरेको छ,’ एआइआइबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ५८ वर्षीय पटेल ५ सेप्टेम्बर २०१६ मा आरबिआईका २४औँ गभर्नर नियुक्त भएका थिए । रघुराम राजनका उनी उत्तराधिकारी थिए । तर, पटेलले डिसेम्बर २०१८ मा व्यक्तिगत कारण देखाउँदै आरबिआईबाट राजीनामा दिएका थिए । 

एआइआइबीमा विश्वका १०४ सदस्य मुलुक छन् । एआइआइबीको बोर्ड अफ गभर्नरमा भारतीय अर्थमन्त्री निर्मला सीतारमण छिन् । पटेलले नेसनल इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड पोलिसी, नयाँ दिल्ली, वित्तीय नीति र कर मामिलामा एक अग्रणी थिंक ट्यांकको पूर्वअध्यक्षको रूपमा पनि काम गरेको अनुभव छ । उनी पूर्वाधार विकास फाइनान्स कम्पनी लिमिटेडको कार्यकारी निर्देशक तथा व्यवस्थापन समितिका सदस्यसमेत थिए ।

एआइआइबीका अध्यक्ष जिन लिक्वनले भनेका छन्, ‘मेरो व्यवस्थापन टोलीको सबैभन्दा नयाँ सदस्यको रूपमा पटेललाई स्वागत गर्न पाउँदा म खुसी छु। विभिन्न सार्वजनिक र निजी क्षेत्रहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा उहाँको व्यापक अनुभवले बैंकको सफलता सुनिश्चित गर्न मद्दत गर्नेछ । ’