निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २९ बिहीबार १३:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशभरका जनगणना फारम काठमाडौं ल्याइयो, अब ‘कोडिङ, एडिटिङ र इन्ट्री’ गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २९ बिहीबार १३:३१:००

केन्द्रीय तथ्यांक विभागले जनगणनाको क्रममा देशभर संकलन गरिएको जनगणना फारम केन्द्रीय तथ्यांक विभागको कार्यालयमा ल्याएको छ। 

देशभरका फारमलाई एकीकृत गरेपछि तथ्यांक प्रविष्ट (डाटा इन्ट्री) को काम सुरु गर्न लागिएको छ। त्यसका लागि ‘कोडिङ, एडिटिङ र इन्ट्री’ गर्ने कर्मचारी माग गरिएको विभागका निर्देशक तीर्थराज चौलागाईंले जानकारी दिए। उनका अनुसार आगामी दुई महिनाभित्र  तथ्यांक प्रविष्ट गर्ने कार्य सकिनेछ। त्यसपछि प्रारम्भिक जनगणना संख्या सार्वजनिक गरिने विभागले जनाएको छ। ‘अबको दुई महिनामा मुख्य काम सकिन्छ, त्यसपछि मोटामोटी तथ्यांक सार्वजनिक गरिन्छ,’ निर्देशक चौलागाईंले भने, ‘जनगणना संख्या मात्रै नभएर धेरैथरी विवरण प्रविष्ट गर्नुपर्ने भएकोले सबैखाले सूचनाको यथेष्ट परिणाम आउन समय लाग्छ।’ 

उनका अनुसार यसपटकको जनगणनाका क्रममा करिब तीन करोड जनसंख्या हुन सक्ने अनुमान गरिएको छ।